माघ ७, काठमाडौँ | निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ। लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज गरेको हो।

आयोगका अनुसार दल दर्ता खारेज हुनेमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् रहेका छन्। यी तीनै दलले लेखा परिक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो।

३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए, उनको पार्टीले पुस २० भित्रमा लेखा परिक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाए पछि आयोगले खारेज गरिदिएको हो।

निर्वाचन आयोगद्वारा तीन राजनीतिक दल खारेज
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment