<p><b>माघ ७, काठमाडौँ |</b> प्रधानमन्त्री शेरबहादुर देउवाले अबको १ वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। अबको १ वर्षभित्र तीनै तहको निर्वाचन गर्नु सरकारको दायित्व भएको देउवाको भनाइ छ।<br></p><p>शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि तयारीमा लाग्न निर्वाचन आयोगको ध्यानाकर्षण गराए। ‘एक वर्ष भित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ,’ देउवाले भने, ‘निर्वाचनको पूर्व तयारीको काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछु।’</p><p>सत्ता गठबन्धनमा पहिला स्थानीय तहको कि संघको निर्वाचन भन्नेबारेमा छलफल भइरहेका बेला देउवाले निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन् । स्थानीय निर्वाचन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका बारेमा आशंका बढेको समयमा उनले आफ्नो सम्बोधनमा एक वर्षभित्र तीनै तहका निर्वाचन सम्पन्न गर्ने बताए।</p>
तीनै तहको निर्वाचन एक वर्षभित्रै हुन्छ : प्रधानमन्त्री
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

