मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>माघ ९, काठमाडौँ | </b>मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। समाजका सभापति गोविन्द खनालले आइतबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको अभिव्यक्ति ‘आपत्तिजनक’ र मन्त्री पदको गरिमा विपरीत हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको प्रस्ट पारेका छन्।<br></p><p>‘आपराधिक मार्गलाई बढवा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।</p><p>यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवम् अशोभनीय गतिविधि पनि निन्दनीय रहेको शान्ति समाजले जनाएको छ। ‘सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवं अशोभनीय गतिविधिको शान्ति समाज निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply