माघ १७, काठमाडौँ | चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर हारिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण भने अरू नै रहेको स्रोतको दाबी छ ।

पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको हो । सभामुखको आदेशले राति नै बैठक स्थगितको सूचना जारी गरिएको हो । कुनै पनि सूचना प्रायः कार्यालय समयमा नै जारी गरिन्छ । नभए अर्को सदन बिहानै सूचना जारी गरिन्छ ।

सत्ता गठबन्धनको शनिबार बसेको बैठकमा अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि संसदमा प्रवेश गराउने विषयले पनि प्रवेश पाएको तर त्यसमा कुरा नमिलेको एक नेताले बताए । गठबन्धनभित्र एमसीसी सम्झौता संशोधन गरेर मात्र संसदबाट पारित गर्नुपर्ने मत बलियो रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन मिति तोक्ने प्रस्ताव राखे पनि बैठकले स्वीकार नगरेको स्रोतको दाबी छ । तत्काल एमसीसी संसदमा पेस गर्न नहुने अडानपछि प्रतिनिधि सभा बैठक १० दिन पर सार्न रातारात सूचना जारी गर्न लगाइएको बुझिएको छ ।

- आजको नागरिक दैनिकमा समाचार छ ।

यसकारण रातारात सारियो प्रतिनिधि सभा बैठक
Leave a Comment