आचार संहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आचार संहि"/>
2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आचार संहिताः सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन ?

चैत ४, काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी गरेको छ । सामाजिक सञ्जालले निर्वाचनलाई असर पुर्‍याउन सक्ने भन्दै आयोगले आचार संहितामा त्यसलाई प्राथमिकताका साथ समेटेको हो ।

आचार संहिता अनुसार निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा फेक साइट तथा अकाउन्ट बनाउन पाएने छैनन् । त्यस्तै सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नपाइने कुरा समेत उल्लेख छ ।

यसैगरी सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण तथा हेट स्पिच जस्ता भ्रामक टिक टिप्पणी गर्ने गराउने कार्यमा समेत आयोगले रोक लगाएको छ ।

यति मात्र होइन, कुनै प्रयोजनका लागि प्रकाशन तथा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा शेयर, लाइक वा कमेन्ट समेत गर्न पाइने छैन ।

आयोगले पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने आचार संहितामा समेत सामाजिक सञ्जाल सम्बन्धी व्यवस्था राखिएका छन् । जसअनुसार मौन अवधिमा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसार सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न पाइने छैन ।

यसैगरी संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने आयोगले जनाएको छ ।

यसैगरी सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारीले पनि त्यस्तो कार्य गर्न नहुने आचार संहितामा उल्लेख छ । यो नियम सामुदायिक विद्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय तथा सो सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकमा समेत लागू हुनेछ ।

राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ सङ्गठनले अनलाइन वेब पेज, टिभी स्क्रोलिङबाट प्रचारप्रसार गर्न पाइने छैन ।

यसैगरी मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलका भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले सामाजिक सञ्जाल, अनलाइन, आदि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न गराउन नपाउने व्यवस्था समेत गरिएको छ ।

त्यस्तै मतदान केन्द्रमा मतदान गर्न जाँदा भ्रामक समाचार वा अफवाह फैलाउँदा समेत निर्वाचन आचार संहिता उलङ्घन मानिनेछ । साथै कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी तथ्यहीन सामग्री सम्प्रेषण गर्न नपाइने कुरा समेत आचार संहितामा उल्लेख छ ।

यति मात्र होइन पत्रकार तथा सञ्चार माध्यमले कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल आदिको माध्यमबाट कुनै सामग्री सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री समाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक