<p><b>जेठ ४, काठमाडौँ ।</b> काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १७ हजार मत कटाएका छन्। </p><p>उनले केहीबेरअघि सार्वजनिक मतपरिणाम अनुसार निकटतम प्रतिद्धन्दीसँग मतान्तर बढाउँदै १७ हजार ३१ मत प्राप्त गरेका छन् ।</p><p>भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ८ सय ७६ मत प्राप्त गरेका छन् । यसरी हेर्दा साह र स्थापितबीच ८ हजार १ सय ५५ मतको अन्तर देखिएको छ । त्यस्तै गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले ७ हजार ९ सय ४१ मत प्राप्त गरेकी छिन् ।</p>
काठमाडौं महानगरको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार बालेनले कटाए १७ हजार मत
Leave a Comment

