जेठ ५, काठमाडौँ । काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार केशव स्थापित भन्दा ११ हजार बढीले अग्रता बनाएका छन् ।

दिउँसो चार बजेसम्मको गणनामा वालेन साहले २३ हजार ५८४ मत ल्याउँदा स्थापितले १२ हजार ३८० मत मात्रै ल्याएका छन् ।

त्यस्तै उप मेयरका उम्मेदवार एमालेकी सुनिता डंगोलले २१ हजार ४३७ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ४३७ मत मात्रै ल्याएका छन् ।

काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै, केशव स्थापित ११ हजार बढी मतले पछाडि
Leave a Comment