जेठ ७, काठमाडौँ | काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

९० हजार २ सय ९२ मतगणना गन्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३३ हजार २ सय ६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका छन् ।

एमालेका केशव स्थापितसँग बालेन शाहको मतान्तर १५ हजार ५ सय ६८ रहेको छ ।

यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत प्राप्त गरेकी छन् ।

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ३३,२६० मतसहित अगाडि
Leave a Comment