जेठ १८, काठमाडौँ | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै दल कांग्रेसमाथि शंका गरेका छन् ।

पार्टीको तर्फबाट देशभरका १२२ स्थानीय तहका प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा धेरै सिट जितेपछि कांग्रेसले एमालले जस्तै दम्भ देखाउन थालेको खुलासा गरे ।

आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भएपनि स्थानीय तहको चुनावमा पाएको सफलतासँगै उ अहंकारी हुने हो कि भन्ने चिन्ता लागेको प्रचण्डको भनाइ थियो ।

‘हिजो एमालेसँग हामीले गठवन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमालेको लिडरसिपमा अति धेरै अहंकार आयो । अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ,’ उनले भने, ‘हामीले प्रधानन्त्री बनायौं । मिहिनेत गरेरै बनाएको हो । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ । तर हामी चिन्तित छौं । कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ । भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।’

२०७४ को चुनावपछि एमालेले दम्भ देखाएपछि नयाँ गठबन्धन बनेकोतर्फ संकेत गर्दै प्रचण्डले कांग्रेसले पनि त्यस्तै दम्भ देखाए विद्रोह गर्नुको विकल्प नहुने बताए ।

एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउन नपरोस् : प्रचण्ड
Leave a Comment