कुलमान घिसिङ संघीय निर्वाचन लड्ने तयारीमा

साझासवाल
1 Min Read

भदौ १५, काठमाडौँ | विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंसिर ४ मा हुने चुनाव लड्ने आकांक्षा देखाएका छन् ।

उनी प्रतिनिधिसभा निर्वाचनमा लड्नका लागि माओवादीसँग निरन्तर छलफलमा रहेका नेताहरुले बताएका छन् । माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य महेश्वर दाहालले घिसिङले माओवादीको तर्फबाट चुनाव लड्नका लागि आकांक्षा राखेको पुष्टि गरे ।

दाहालले भने  काठमाडौं ३ वा रामेछाप कहाँबाट उठ्ने भन्नेबारे पार्टीले निर्णय गर्न बाँकी रहेको बताए । घिसिङको गृहजिल्ला रामेछाप भएकाले त्यहाँ पनि उनको राम्रो प्रभाव रहेको बताइन्छ । घिसिङले भने यसबारे मुख खोलिसकेका छैन ।

चर्को लोडसेडिङको मारमा देश रहेको बेला लोडसेडिङ गरेपछि घिसिङको लोकप्रियता ह्वात्तै बढेको थियो । शनिबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा अध्यक्ष प्रचण्डले काठमाडौंमा बालेन शाह भन्दा चर्चित उम्मेदवार खडा गर्ने बताएका थिए । ‘उम्मेदवार पनि नयाँ नयाँ मान्छे लिएर आउने सोच्दैछौँ, नयाँ मान्छे, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो’, प्रचण्डको भनाइ थियो ।

Leave a Comment

Leave a Reply