2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद बचाइदिएकाले ओलीले भाषण गर्न पाए:- झलनाथ खनाल

September 17, 2022

असोज १, काठमाडौँ | प्रतिनिधिसभा विघटनको पक्ष विपक्षमा अन्तिम दिन पनि नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ। संसदमा सम्बोधन गर्दै केपी ओलीले तत्कालीन अवस्थामा आफूले गरेको विघटनको बचाउ गरेपछि विघटनको विपक्षमा रहेका नेताहरुले त्यसको प्रतिवाद गरे।

ओलीले आफूले संविधानअनुसार विघटन गरेको संसदलाई गैरसंवैधानिक रुपमा परमादेश गरेर ब्युँत्याइएको भन्दै बचाउ गरेपछि |

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि संसद बचाइदिएका कारण नै ओलीले भाषण गर्न भएको भन्दै व्यंग्य गरे।

उनले भने, 'अघि विपक्षी दलका नेताले यहाँ भाषण गर्नुभयो। हामीले संसद बचाइदिएकाले नै उहाँले बोल्न पाउनुभयो। नत्र झापामा गएर बोल्नु पर्थ्यो, कसले सुन्थ्यो उहाँको कुरा ?’

कांग्रेससँगको गठबन्धनप्रति खासै इच्छुक नरहेका खनाल शनिबार भने खुलेर पक्षमै बोले। ‘निर्वाचन प्रणालीका कारण कुनै पनि दलको एकल बहुमत ल्याउन सकिँदैनँ। गठबन्धन मिलेर नै ठूला काम भएका छन् । २००७, २०४६, २०६३ को आन्दोलन गठबन्धनकै कारण सफल भएको हो। २०७४ मा पनि गठबन्धन गरेरै दुई तिहाई बहुमत ल्याएको हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ