<p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/948bde7b746927ea1b5d56c194c894291669078960.jpeg" style="width: 430px; float: left;"><b>मङ्सिर ६, काठमाडौँ ।</b> काठमाडौं – १ बाट प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंहले ७ हजार १३९ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गरे । सिंह ७ हजार १३९ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७०११ मत पाएका छन् । अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए ।<br></p><p>सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका सिंहले पार्टीको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री थिए ।</p>
काठमाडौ-१ बाट प्रकाशमान सिंह निर्वाचित, १२८ मतले रविन्द्र मिश्र पराजित
Leave a Comment

