देशभर अब ८ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता?

साझासवाल

मङ्सिर ११, काठमाडौँ | मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ। आइतबार बेलुकी ५ बजेसम्म १६५ क्षेत्रमध्ये १५७ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४२ स्थानमा जित हासिल गरेको छ।

यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

बाँकी रहेका क्षेत्रमध्ये दोलखा, स्याङ्जा-२ र बाजुराको मत गणना भने हुन बाँकी छ।

५ क्षेत्रको मतगणना जारी छ। जसमा नेपाली कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले १ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता लिएको छ।

हेर्नुहोस् कहाँ कसको अग्रता

सुनसरी १

अशोककुमार राई (जनता समाजवादी पार्टी) – १४,४२६

गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) – १४,२०८

मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र) – ११,२६६

सुनसरी ३

भगवती चौधरी (नेकपा एमाले) – २४२६३

विजयकुमार गच्छदार (नेपाली कांग्रेस) – १९६७०

सुनसरी ४

ज्ञानेन्द्र बहादुर कार्की (नेपाली कांग्रेस) – २३४३९

जगदिश प्रसाद कुसियैत (नेकपा एमाले) – २३३४१

उदयपुर १

नारायण खड्का (नेपाली कांग्रेस) – २१८३३

मञ्जु चौधरी (नेकपा एमाले) – २०१२०

धनुषा ४

महेन्द्र यादव (नेपाली कांग्रेस) – २३५६५

रघुबीर महासेठ (नेकपा एमाले) – २३१०७

महाजन यादव (जनता समाजवादी पार्टी) -४,६७८

Leave a Comment

Leave a Reply