2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभाबाट प्रतिनिधिसभामा प्रवेश गर्ने र रोकिनेहरु

मङ्सिर १३, काठमाडौँ | बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसपटकको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । 

विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित पाण्डे यसपटक नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो ।


 गत निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश नं १ को मुख्यमन्त्रीसमेत भइसक्नुभएका भीमप्रसाद आचार्य यसपटक सुनसरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ ।

विसं २०७४ निर्वाचनमा कालिकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका महेन्द्रबहादुर शाही यसपटकको निर्वाचनमा कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । शाही कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री हुनुभएको थियो । 

गत निर्वाचनमा लमजुङबाट प्रदेशसभा सदस्य निर्वाचित भई गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत बन्नुभएको पृथ्वी सुब्बा गुरुङ यसपटक भने प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बन्नुभएको थियो ।

विसं २०७४ को संसदीय निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका विराजभक्त श्रेष्ठ यसपटकको निर्वाचनमा काठमाडौँ ८ बाट सांसद पदमा विजयी हुनुभएको छ । गत निर्वाचनमा विवेकशील साझा पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएका श्रेष्ठ यसपटक स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

त्यसैगरी, सल्यानको प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका प्रकाश ज्वाला यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार भई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । गत निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भई ज्वाला कर्णाली प्रदेशको मन्त्रीसमेत बन्नुभएको थियो । 

विसं २०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट कैलाली ५ (२) बाट निर्वाचित डिल्लीराज पन्त अहिले कैलालीको ५ नं क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

विसं २०७४ को निर्वाचनमा सिन्धुलीबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका लेखनाथ दाहाल यसपटक सिन्धुली निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

विसं २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक १ बाट प्रदेशसभामा निर्वाचित सरेश नेपालले यसपटक प्रतिनिधिसभामा उम्मेद्वारी दर्ता गराएपनि माओवादीका माधव सापकोटाबाट पराजित हुनुभएको छ । नेपाल यसअघि वाग्मती प्रदेशको मन्त्रीसमेत हुनुभएको थियो । 

विसं २०७४ को निर्वाचनमा भोजपुर निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश नं १ को पहिलो मुख्यमन्त्री निर्वाचित हुनुभएका शेरधन राई यसपटकभोजपुरबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का सुदन किरातीबाट पराजित हुनुभएको हो ।

 यसअघि काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्य निर्वाचित मणिराम फुँयालले काठमाडौँ २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का तर्फबाट टिकट पाउनुभएको थियो । उहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक