एमाले सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

साझासवाल

मङ्सिर १८, काठमाडौँ । भक्तपुरस्थित नेकपा एमालेका तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । अहिले प्रहरीको टोली सो स्थानमा पुगेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिए । ‘शंकास्पद वस्तु देखिएपछि हामी रिस्क लिंदैनौं, आर्मीको डिस्पोजल टोलीलाई बोलाएका छौं, त्यसलाई डिस्पोज उसैले गर्छ,’ एसपी केसीले भने ।
आज बिहान छिमेकीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट भएको थियो ।

Leave a Comment

Leave a Reply