पुस २७ लाई राष्ट्रिय एकता दिवसकाे रूपमा मनाइने

साझासवाल

पुस १४, काठमाडौँ | सरकारले १६ वर्षअघि नेपाली कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकाे मन्त्रिपरिषद्ले गरेको निर्णयलाई खारेज गर्दै स्व.पृथ्वीनारायण शाहको जन्मजयन्ती अर्थात् पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई मन्त्रिपरिषदमा सहभागी हुन दिएको निमन्त्रणामा राप्रपाले केही सर्त राखेकाे थियाे। यसमध्ये याे पनि एक प्रमुख सर्त हाे।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ७ वटा सिट जितेकाे राप्रपा हाल सरकारमा सहभागी नभएपनि बाहिरबाट समर्थन भने गरिरहेको छ।

‘पृथ्वीजयन्तीलाई राष्ट्रिय एकताका रूपमा पुनर्स्थापना र सार्वजनिक बिदाबारेका हाम्रा असहमतिपूर्ण माग पूरा भएका छन्’ , राप्रपाकाे उच्च स्रोतले भन्याे।

पार्टीलाई उपप्रधानमन्त्री र थप दुई मन्त्रीको प्रस्ताव आएको बुझिएको भए पनि यसबारे छिट्टै अन्तिम निर्णय हुने स्रोतले जनाएको छ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गिरिजाप्रसाद कोइरालाको गृहमन्त्री हुँदा यो दिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन बन्द गर्ने निर्णय गरेका थिए।

Leave a Comment

Leave a Reply