पुस १७, काठमाडौँ | खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडानमा प्रभाव परेको छ ।

मौसम प्रतिकुल हुँदा आईतबार बिहानैबाट उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । खासगरी उडान प्रभावित हुँदा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा ढिलाई भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जान ढिलाई हुँदा उक्त उद्घाटनमा ढिलाई भएको हो ।

बिहान ११ बजे पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रम तय भएको थियो । विहानैदेखि उडान अबरुद्ध भएपनि मध्यान्हतिर उडानको प्रयास भइहेको विमानस्थल स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज बुद्ध एयरको चार्टरमार्फत पोखरा जाँदैछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अबरुद्ध, प्रधानमन्त्रीको पोखरा उडानमा ढिलाई
Leave a Comment