२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्मलाले न्याय पाउने आशा जाग्यो’

२०७९, २८ पुष बिहीबार ०७:५३

पुस २८, काठमाडौँ | बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तको घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीआईजी दुर्गा सिंह नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री रवि लामिछानेको सक्रियतामा घटनालाई प्राथमिकता दिएर नयाँ शिराबाट अनुसन्धानका लागि सिंह नेतृत्वको टोली कञ्चनपुर पठाइएको छ । पछिल्लो समय सेलाउँदै गएको निर्मला प्रकरण फेरि चर्चामा आएको छ । विसं २०७५ साउन १० मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन् ।


यस्तो जघन्य अपराध भएको चार वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुनसकेको छैन । निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस् तथ्य पत्ता लगाउन सकेको छैन । पछिल्लो पटक फेरि नयाँ शिराबाट अनुसन्धान अगाडि बढेपछि निर्मलाले न्याय पाउने आशा जगाएको आमा दुर्गादेवीले बताउनुभयो । 

“यत्रो समयसम्म अपराधी पत्ता नलाग्दा छोरीले न्याय पाउने आशा नै मारिसकेका थियौंँ, अहिले नयाँ टोली अनुसन्धानका लागि आएको सुनेकी छुँ”, उहाँले भन्नुभयो, “अहिले न्याय पाउने आशा पलाएको छ ।”

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलालाई न्याय दिन ढिलाइ गर्न नहुने अधिकारकर्मी माया नेगीले बताउनुभयो । “निर्मला प्रकरण सबैको चासोको विषय हो, निर्मलाले न्याय पाउनेमा हामी आशावादी छौँ”, उहाँले भन्नुभयो, “सत्यतथ्य छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन