2026-10-23 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त आर्कटिक टापु ग्रनिल्याण्डमा डेनमार्कको सार्वभौमिकतालाई बेवास्ता गर्दै शुक्रबार फेरि ग्रिनल्याण्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिनुभएको छ।

तेल कम्पनीका कार्यकारीसँग भेनेजुएलामा तेलका लागि लगानी गर्ने बिषयमा ह्वाइट हाउसमा आयोजित भेटमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “उनीहरूले यो मन पराउन् वा नपराउन् हामी ग्रीनल्याण्डमा पनि केही गनेछौँ।”

ग्रिनल्याण्डबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म एक सम्झौता गर्न चाहन्छु । यदि हामीले सहज तरिकाले सम्झौता गर्न सकेनौँ भने हामी यसलाई कठिन तरिकाले भएपनि गरिछाड्नेछौँ ।”

राष्ट्रपति ट्रम्पले आर्कटिकमा रुस र चीनको बढ्दो सैन्य गतिविधिलाई मध्यनजर गर्दै खनिजको धनी टापुलाई नियन्त्रण गर्नु अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “हामी ग्रीनल्याण्ड रूस वा चीनले कब्जा गरेको देख्न चाहँदैनौँ । यदि हामीले त्यसो गरेनौँ भने उनीहरूले के गर्न सक्छन्, यो विचार गर्नुपर्ने बिषय हो । त्यसैले हामी ग्रीनल्याण्डलाई सहज वा कठिन तरिका जसरी हुन्छ संरक्षण गर्नुपर्छ ।”

चीन र रूस दुवै देशले हालैका वर्षहरूमा आर्कटिक क्षेत्रमा सैन्य गतिविधि बढाएका छन्, तर दुवैले विशाल हिम टापुमा कुनै दाबी गरेका छैनन्।

डेनमार्क र अन्य युरोपेली सहयोगीहरू ट्रम्पको ग्रिनल्याण्डलाई आफ्नो नियन्त्रणमा लिने चेतावनीबाट स्तब्ध भएका छन् । ग्रीनल्याण्डमा संयुक्त राज्य अमेरिकाको पहिलेदेखि नै सैन्य आधार रहेको छ।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले ग्रीनल्याण्डमाथिको आक्रमणले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) र दोस्रो विश्वयुद्धपछिको सुरक्षा संरचनाको अन्त्य हुने चेतावनी दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले सन् २००३ मा इराकमाथि भएको आक्रमणमा अमेरिकासँग सामेल भएको अमेरिकाको दृढ सहयोगी डेनमार्कको चिन्ताप्रति आश्वासन दिने कोशिस गर्नुभएको थियो ।

ट्रम्पले भन्नुभयो, “म डेनमार्कको प्रशंसक पनि हुँ, तपाईंलाई थाहा पनि छ, उनीहरू मसँग धेरै सकारात्मक छन्।”

“तर तपाईंलाई थाहा छ, तथ्य यो हो कि ५०० वर्ष पहिले उनीहरूको त्यहाँ डुङ्गा भूमि थियो यसको मतलब यो होइन कि उनीहरूको जमिनको स्वामित्व छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले ग्रीनल्याण्डका विदेशमन्त्री र डेनमार्कका प्रतिनिधिसँग अर्को साता भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने