देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : राजेन्द्र लिङ्देन

साझासवाल

माघ ५, काठमाडौँ | उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन् । उनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताए । उनले संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे रहेको बताए ।

उनले भने, ‘देवराज घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्तित्व हुनुहुन्छ । यो सभामुख जस्तो गरिमामय पदको लागि सुयोग्य पात्र हुनुहुन्छ, निष्पक्षतामा योग्य भूमिका निर्वाह गर्न सक्षम हुनुहुन्छ , उहाँलाई निर्वाचन गरियोस् । र सबै माननीय सदस्यहरुलाई संसदलाई समर्थनका लागि आग्रह गर्दछु।’

मन्त्री लिङ्देनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गरे ।

Leave a Comment

Leave a Reply