रवि लामिछानेको ठाउँमा उमेश श्रेष्ठ स्वत: हुन्छन् त सांसद?

साझासवाल

माघ २२, काठमाडौँ | प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन-२ बाट  नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठले आफूलाई सांसद कायम गराउन दाबी गरेका छन्। आइतवार निर्वाचन आयोग पुगेर सांसद कायमका लागि आफूले दाबी पेश गरेको श्रेष्ठले बताए।

'लामिछाने जीलाई पनि अन्याय भयो। त्यतिबेला अनिर्णय हुँदा उहाँको पनि उपप्रधान सहित मन्त्री पद पनि गयो। त्यसैले फेरि चुनावमा जानुभन्दा दोस्रो म भएकाले सांसद कायम गर्न मेरो माग हो,' उनले भने। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको माघ ३ गते सर्वोच्च अदालतले सांसद पद खारेज गरेको थियो। लामिछानेको सांसद पद खारेज भएपछि चितवन-२ रिक्त अवस्थामा छ। मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट रविले ४९ हजार ३०० मत पाउँदा उपविजेता बनेका श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । त्यस्तै एमालेका कृष्णभक्त पोख्रेलले १४ हजार ६५२ मत पाएका थिए । राप्रपाका रविन अधिकारीले ९५५ मत ल्याएका थिए । रवि अनधिकृत ठहरिएपछि कांग्रेसका उमेश श्रेष्ठले आफू स्वतः विजेता घोषित हुन पाउनु पर्ने माग गरिरहेका छन् । यसअघि रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीका लागि माग आयोगमा परेको भए पनि आयोगले भने रविलाई बचाएको थियो ।

सांसद कायम गराउन गर्दै श्रेष्ठले माग गरे पनि आयोगले भने उक्त क्षेत्रमा उप निर्वाचन गर्नुको विकल्प नभएको बताएको छ। 'शपथ लिएर संसदमा काम कारवाही गरिरहेको अवस्थामा सांसद पद खारेज भयो। जहाँसम्म यस्तो अवस्थामा उप निर्वाचन नै हुन्छ होला। यसबारेमा आयोगले अहिले नै केही निर्णयमा पुगेको स्थिति त छैन, 'आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले भने।

के आधारमा गर्दै छन् श्रेष्ठले दाबी?

श्रेष्ठले लामिछानेका विरुद्धमा निर्वाचनकै बेला नागरिकता विवादमा उजुरी पर्दा आयोग चुप लागेकाले अहिलेको अवस्था आएको बताए। उनले अदालतले सांसद पद खारेज गरिसकेको अवस्थामा आफूलाई स्वत: सांसद कायम गराउनपर्ने स्थिति भएको बताएका छन्। 'सर्वोच्चबाट पुरै प्रक्रिया नै क्यान्सिल भइसकेपछि सेकेण्ड त म हो। एउटा नजिर त हुनुपर्‍यो। त्यतिबेलाको गल्तिले साराले दुख पाए। राज्यको पनि खर्च हुने भयो। यो अनिर्णयले गर्दा सबैलाई अन्याय भयो,' श्रेष्ठले भने।

Leave a Comment

Leave a Reply