<p><b>माघ २८, काठमाडौं | </b>राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् ।</p><p>प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।</p><p>केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार सुरक्षा व्यवस्थापनका लागि प्रहरीले आफ्नो ड्यूटी गरेको भए पनि चिकित्सकमाथि कुटपिट हुनु राम्रो नभएको बताए । उनले भने, ‘हातपात गर्नुले राम्रो देखिएन, त्यसैले छानबिन गर्नलाई निलम्बन गरेका छौं ।’</p><p>शुक्रबार राष्ट्रपति भण्डारी संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो । चिकित्सक सर्जरी सकेर फर्किंदै थिए ।</p>
February 11, 2023
राजनीति
राष्ट्रपतिको सवारीका क्रममा चिकित्सक कुट्ने प्रहरी हवल्दार निलम्बित
By साझासवाल
2 मिनेट पढाइ










