Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 12, 2023 राजनीति

उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी

By साझासवाल 2 मिनेट पढाइ

<p><b>माघ २९, काठमाडौँ | </b>सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ ।<br>प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्छ ।<br>बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको प्रभावकारिता, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलहरूले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले उक्त संयन्त्रको गठन गरेका थिए ।</p>