जेठ ८, सप्तरी | सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको छ ।

हत्या भएको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा आज बिहान अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । मृतकको पहिचान भने खुलेको छैन ।

स्थानीयले आज बिहान खेतमा युवकको शव स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलि घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए ।

घाँटी रेटिएको अवस्थामा युवकको शव फेला
Leave a Comment