स्रष्टा दुर्गादेवी नेपालको निधन

साझासवाल

<p><b>असार १३, काठमाडौँ |</b> नइ प्रकाशनका संरक्षक ८६ वर्षीय दुर्गादेवी नेपालको मंगलबार साँझ नइगृहमा निधन भयो । हिजै राति पशुपति आर्यघाटमा स्रष्टा नेपालको पार्थिव शरीरमा उनकी छोरी इन्दिरा प्रसाईँले मुखाग्नि (दागबत्ती) दिएकी थिइन् ।<br></p><p>दुर्गादेवी नेपालको आत्मकथा 'बगेको खोला' र कवितासङ्ग्रह 'उनैको माया' प्रकाशित कृति हुन् । 'बगेको खोला' उनले २०६४ सालमा अमेरिका बसाइका क्रममा लेखेकी थिइन् । सोही ग्रन्थले ‘गोधूलि पुरस्कार' प्राप्त गरेको थियो । '</p><p>नइ प्रकाशनले २०६६ सालमा स्रष्टा दुर्गादेवी नेपाल र उनका पति गणेशप्रसाद शर्माका नाउँमा पुरस्कारको स्थापना गरेको थियो । एक लाख रुपैयाँ राशिको 'नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार' नेपालबाहिरका नेपाली भाषासाहित्यका स्रष्टालाई हरेक वर्ष समर्पण गरिँदै आएको छ ।</p>

Leave a Comment

Leave a Reply