सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ कान्तिपुर टिभीले बन्द गर्‍यो

साझासवाल

साउन ४, काठमाडौं । शनिबार बेलुकी प्रशारण हुँदै आएको ‘ह्वाट् द फ्लप’शो कान्तिपुर टेलिभिजनले बन्द गरेको छ।

गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाह (पल)लाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो।

शाहले कार्यक्रममा जेल अनुभव सुनाउँदा यौनजन्य हिंसापीडितहरूको भावनामा ठेस पुगेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।

त्यस दिनको कार्यक्रम कान्तिपुर टेलिभिजनले युट्युबबाट हटाएको थियो।

कान्तिपुर टेलिभिजनले महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै बिहीबार ‘ह्वाट द फ्लप’कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराएको छ।

‘गत असार २३, शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं ।

महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं ।

चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं,’ कान्तिपुर टेलिभिजनले फेसबुक पेजमार्फत् जानकारी दिएको छ।

Leave a Comment

Leave a Reply