२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तोडियो निर्मल पुर्जाको कीर्तिमान

२०८०, ११ श्रावण बिहीबार ०९:५०

साउन ११, काठमाडौँ | एक नर्वेजियन महिला र उनको नेपाली गाइडले विश्वका ८ हजार मिटरमाथिका १४ वटा हिमालको सबैभन्दा चाँडो सफल आरोहणको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । क्रिस्टिना हारिला र तेन्जिन शेर्पा (लामा)ले पाकिस्तानको केटू हिमाल आरोहण गर्दै यो उपलब्धि मात्र ३ महिना एक दिनमा हासिल गरेका हुन् ।

यसअघि यो कीर्तिमान नेपाली मूलका बेलायती पर्वतारोही निर्मल पुर्जाको नाममा रहेको थियो । पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा यो कीर्तिमान राखेका थिए । पुर्जा अहिले सबै १४ वटा हिमाल बिना अक्सिजन सबैभन्दा चाँडो आरोहण गर्ने प्रयासमा रहेका छन् । 

विश्वका ४० भन्दा बढी पर्वतारोहीहरूले विश्वका सबैभन्दा अग्ला १४ वटा शिखरको आरोहण गरेका छन् । यसमध्ये थोरै मात्र महिला रहेका छन् । 

३७ वर्षीया हारिला सशक्त पर्वतारोही भए पनि यो अभियानका लागि प्रायोजक पाउनै उनलाई धौ–धौ परेको थियो । यसका लागि उनले आफ्नो अपार्टमेन्ट नै बेच्नुपरेको थियो । 

‘यदी म पुरुष भएको भए, यो अभियान गर्न सहज हुन्थ्यो होला,’ उनले गत मेमा एएफपीसँग कुरा गर्दै भनेकी थिइन्, ‘यो संसारमा महिला हुनु अर्कै छ, प्रयोजनको सवालमा मात्र होइन ।’

हारिला नर्वेको उत्तरमा रहेको भास्डोकी बासिन्दा हुन् । त्यहाँको सबैभन्दा अग्लो भूभाग भनेको मात्र ६३३ मिटरको रहेको छ । त्यसैले उनले सानैदेखि पर्वतारोहण सुरु गरेकी होइनन् । फुटबल, ह्यान्डबल र क्रस कन्ट्री दौडमा सहभागी भएकी उनी सन् २०१५ मा तान्जानियाको किलिमन्जारो पुगेपछि मात्र पर्वतारोहण सुरु गरेकी हुन् । 

उता तेन्जिन भने १६ वर्षको उमेरदेखि गाइडको रूपमा काम गर्दै आएका छन् । उनी यो अभियानमा हारिलाको महत्त्वपूर्ण सहयोगीका रूपमा रहेको उनको टीमले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु