पाँचौँ पटक वर्षको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डो

साझासवाल

पुस १५, काठमाडौँ | क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा विश्वकै सर्वाधिक गोलकर्ता बन्दै अन्त्य गर्ने भएका छन् । शनिबार साउदी प्रो लिगमा अल तावोउनविरुद्ध ४–१ को जीत हासिल गर्ने क्रममा गोल गर्दै रोनाल्डोले यो वर्षको ५४ औँ गोल गर्न सफल भएका हुन् ।

पोर्चुगिज फरवार्डले क्लब र देशका लागि औपचारिक प्रतियोगितामा ५४ गोल गरे । योसँगै उनले बायर्न म्युनिखका ह्यारी केन र पेरिस सेन्ट जर्मेनका किलियान एम्बाप्पेको ५२ गोल तथा म्यानचेस्टर सिटीका अर्लिङ हालान्डको ५० गोलको आँकडालाई उछिनेका हुन् । अब यीमध्ये कुनै पनि खेलाडीले सन् २०२३ मा अर्को खेल खेल्ने छैनन् ।

रोनाल्डो वर्षको सर्वाधिक गोलकर्ता बनेको यो पाँचौँ पटक हो । यसअघि उनले सन् २०११, २०१३, २०१४ र २०१५ मा रियल मड्रिडमा रहँदा यो उपलब्धि हासिल गरेका छन् । सन् २०१६ पछि उनले यति धेरै गोल गरेको पहिलोपटक हो । त्यतिबेला ५५ गोल गर्दै उनले पाँचौँ बालोन डी’ ओरको उपाधि जितेका थिए ।

३८ वर्षीय खेलाडीले आफ्नो उपलब्धिबारे इन्सटाग्राममा लेखेका छन्, ‘५४..यो कहिले अन्त्य हुन्छ, म भन्नेछु । धन्यवाद टिम !’

रोचक कुरा, उनको पछिल्लो गोल म्यानचेस्टर युनाइटेडबाट विवादास्पद बहिर्गमनपछि साउदी क्लब अल नासरसँग आबद्ध भएको ठ्याक्कै एक वर्षमा आएको हो ।

शनिबारको जीतपछि अल नासर १९ खेलबाट ४६ अङ्क बटुल्दै लिगको दोस्रो स्थानमा छ । टोली शीर्ष स्थानमा रहेको अल हिलालभन्दा ७ अङ्कले पछि छ ।

Leave a Comment

Leave a Reply