पुस १८, काठमाडौँ | बालुवाटारको सडकमा १५० वटा कुर्सी राखेर प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बालुवाटारको सडकमा १५० वटा कुर्सी राखेर विरोध प्रदर्शन गरेको हो ।

विश्वविद्यालयमा राजनैतिक नियुक्ति बन्द गर्न माग गर्दै नेविसंघले सडकमा कुर्सी राखेर विरोध गरेको छ । खालि कुर्सीमा विश्वविद्यालयमा हुने राजनैतिक नियुक्तिविरुद्ध खबरदारी प्याम्लेटहरु टाँसेर राखिएको छ ।

नेविसंघले विश्वविद्यालयमा राजनैतिक नियुक्तिविरुद्ध खबरदारी तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । नेविसंघले यस्ता खबरदारीका कार्यक्रम विगतमा पनि गर्दै आएको थियो ।

बालुवाटारको सडकमा १५० वटा कुर्सी राखेर प्रदर्शन
Leave a Comment