२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ह्वाट्सएपमा केही हेरफेर, यस्तो अवस्थामा पैसा तिर्नुपर्ने

२०८०, १७ माघ बुधबार ०७:१३

माघ १६, काठमाडौँ। सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो इन्ष्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपमा केही अपडेट गरेको छ । अपडेटका साथै कम्पनीले एपमा केही हेरफेर पनि गरेको छ । एउटा परिवर्तन भने च्याट ब्याकअप स्टोरेजको सिफ्टिङमा गरिएको छ ।

कम्पनीले गएको वर्ष नै आफ्नो अपडेटेड सर्त तथा बन्देजहरूमा सन् २०२४ को सुरुआतदेखि च्याट ब्याकअपका लागि ह्वाट्सएपको डेडिकेटेड स्पेसको प्रयोग नहुने घोषणा गरेको थियो । यसको लागि गुगल ड्राइभको प्रयोग गरिनेछ । नयाँ वर्षको पहिलो महिना सकिनै लागिसकेको छ । यसैबिच ह्वाट्सएपले च्याट र मिडिया ब्याकअपका लागि गुगल ड्राइभमा ट्रान्जिशन गरेको छ ।


अर्थात् तपाईँले आफ्नो स्टोरेजलाई खाली राख्नु पर्नेछ वा अतिरिक्त स्टोरेजको लागि पैसा तिर्नु पर्नेछ । ब्याकअपका लागि अब तपाईँले गुगल क्लाउड सर्भिसको पेड वा फ्री प्लान चलाउन सक्नु हुन्छ । ह्वाट्सएप च्याटको ब्याकअप तपाईँले ह्वाट्स एपमा लिंक गर्नु भएको जीमेल एकाउन्टको गुगल ड्राइभोमा सेभ हुनेछ । अहिले गुगल ड्राइइभको स्टोरेज गुगल फोटो र जीमेलले ओगटिरहेको छ । अब ह्वाट्सएपको स्टोरेजले पनि यसलाई खाइदिनेछ ।  

च्याटको ब्याकअपका लागि गुगल ड्राइभ स्टोरेज स्पेसको प्रयोग नहोस् भन्ने चाहनु हुन्छ भने क्लाउड सर्भिसमा च्याट ब्याकअप नगर्ने अप्सन पनि रोज्न सक्नु हुन्छ । यसको सट्टा तपाईँले इन–बिल्ट च्याट ट्रान्सफर टुल प्रयोग गर्न सक्नु हुन्छ । अर्को तरिका चाहिँ च्याट हिष्ट्री ब्याकअप गर्दा इमेज र भिडियोलाई छोड्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह