मोरङबाट लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

साझासवाल

<p><b>बैशाख २२, काठमाडौं |</b> मोरङको रतुवामाई नगरपालिका-६ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।<br></p><p>आइतबार बेलुकी साढे ६ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री देश भारत अररियाका ३४ वर्षीय फिरोज सिद्दकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसगुर ४ ग्राम २९० मिलिग्राम र नगद ४३ हजार ५०० रुपैयाँ बरामद गरेसगै पक्राउ गरेको हो।&nbsp;</p><p>उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।</p>

Leave a Comment

Leave a Reply