ठमेलमा रातको समयमा पैदलयात्रुलाई हैरान पार्ने ९ विदेशीसहित १५ महिला पक्राउ

साझासवाल

जेठ १८, काठमाडौँ । प्रहरीले अनैतिक कार्यमा संलग्न रहेको आरोपमा १५ जना महिलालाई पक्राउ गरेको छ । ठमेलस्थित सडक क्षेत्रमै पैदलयात्रुलाई रातको समयमा हैरानी गर्ने गरेको आरोपमा ९ जना विदेशी महिला र ६ जना नेपाली महिला पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा विदेशी महिलाहरूमा युगान्डाका आठजना र एकजना केन्याकी महिला छन् ।

उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अभद्र मुद्दामा पाँच दिनको अनुमति पाएको छ । उनीहरूमाथि प्रहरी वृत्त लैनचौरको टोलीले अनुसन्धान जारी राखेको छ ।

पक्राउ परेकाहरू:

युगाण्डाकी ३४ वर्षीया भिला नाकासांगाे, २६ वर्षीया रिचेल नामुडु, ५४ वर्षीया सारा नमता किवानुका, २९ वर्षीया हेलेन अधिम्बाे, ३० वर्षीया शर्फी स्सेमिटेगाे, ४० वर्षीया राेबिन्हा नाक्याजी, ३२ वर्षीया नसान्गी रिचेल, ३० वर्षीया ज्याक्लिन नाकान्दाह, ३८ वर्षीया भेनेसा नामुतेबी ।

नुवाकोटकी २२ वर्षीया रोशनी श्रेष्ठ, काठमाडौंकी १८ वर्षीया कृष्टिना क्षेत्री, सिन्धुपाल्चोककी २८ वर्षीया सिर्जना तामाङ, रसुवाकी २० वर्षीया रुबि तामाङ, धनकुटाकी २३ वर्षीया ईन्दु राई, धनगढीकी २५  वर्षीया निशा सुनार ।

Leave a Comment

Leave a Reply