यूएईविरुद्ध नेपाललाई पाँचौँ सफलता, कृतिकाले लिइन् विकेट

साझासवाल

साउन ४, काठमाडौँ ।  श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्सको पाँचौँ विकेट लिएको छ । यूएईले पाँचौँ विकेटका रुपमा कविसा एगोडेगलाई गुमाएको हो ।

कविसाको विकेट कृतिका मरासिनीले लिएकी हुन् । कृतिकाले कविसालाई कविता जोशीद्वारा क्याच गराएकी हुन् । पेभेलियन फर्किनुअघि कविसाले २२ रन बनाइन् । उनले २६ बलको सामना गरी दुई चौका पनि प्रहार गरिन् । १५औँ ओभरको पहिलो बलमा कविसा आउट हुँदा यूएईले ७८ रन बनाएको छ । नेपालले टस जिती यूएईलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

त्यसअघि यूएईले पहिलो विकेटका रुपमा कप्तान एसा ओजालाई गुमाएको थियो । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । सबनम राईले फालेको पाँचौँ बलमा ओजा रन लिन दौडिएकी थिइन् । तर, बल फिल्डरको हातमा पुगेपछि उनी पुनः फर्किएकी थिइन् ।

तर, त्यसअघि नै रुविना क्षेत्रीले विकेटकिपर काजोल श्रेष्ठलाई बल उपलब्ध गराइन् र काजोलले त्यो अवसलाई पूर्ण रुपमा सदुपयोग गरिन् । दोस्रो ओभरको पाँचौँ बलमा एसा आउट हुँदा यूएईले ११ रन बनाएको थियो ।

यूएईले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरकी ब्याटर रिनिथा रजिथलाई गुमाएको थियो । उनलाई नेपाली टोलीकी बलर सबनम राईले ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेकी थिइन् । ३.१ ओभरमा रिनिथालाई गुमाउँदा यूएईले २१ रन बनाएको थियो ।

यूएईले तेस्रो विकेटका रुपमा ओपनर थिरथा सतिषलाई गुमाएको थियो । थिरथालाई नेपाली टोलीकी कप्तान इन्दू बर्माले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएकी थिइन् । आउट हुनुअघि उनले १२ बलमा एक चौकाको मद्दतले नौ रन बनाएकी थिइन् । ५.३ ओभरमा उनी आउट हुँदा यूएईले ३६ रन बनाएको थियो ।

यूएईले चौथो विकेटका रुपमा समाइरा धरनिधरकालाई गुमाएको थियो । समाइराको विकेट पनि कप्तान इन्दू बर्माले नै लिएकी थिइन् । उनले समाइरालाई कविता कुँवरद्वारा क्याच गराएकी थिइन् । पेभेलियन फर्किनुअघि समाइराले १२ बलमा दुई चौकाको मद्दतले १३ रन बनाएकी थिइन् । ७.२ ओभरमा समाइरा आउट हुँदा यूएईले ४६ रन बनाएको थियो ।

Leave a Comment

Leave a Reply