साठीवटा क्याम्पसमा एकैपटक सूचना माग

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

माघ २४, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुलुकभरका ६० वटा आङ्गिक क्याम्पसमा एकैपटक सूचना माग गरिएको छ ।

सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा आइतबार काठमाडौँ उपत्यकालगायत मुलुकभरका ६० क्याम्पसबाट सूचना माग गरिएको हो।

फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल र सूचनाको हकका अभियन्ता कुमार चौलागाईंले आफ्नो अध्ययन एवम् जानकारी प्रयोजनको निमित्त नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र दफा ७ (१) बमोजिम ती सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिन हुलाकमार्फत निवेदन दर्ता गरेका प्रमुख दाहालले जानकारी दिए।

उनीहरूले निवेदनमा त्यस क्याम्पसको आन्तरिक लेखापरीक्षणका लागि त्रिवि केन्द्रीय कार्यालयको आन्तरिक लेखापरीक्षण महाशाखाबाट खटिई आउने टोलीको नामावली र केन्द्रबाट त्यस क्याम्पसलाई लेखेको पत्रको प्रमाणित प्रतिलिपि, त्यस क्याम्पसको आव २०७२/७३ को आन्तरिक लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि, त्यस क्याम्पसको आन्तरिक लेखापरीक्षण कार्य कुन मितिदेखि सुरु भई कति दिनमा सम्पन्न भयो ? सो आन्तरिक लेखापरीक्षण अवधिमा के के शीर्षकमा कति खर्च भएको छ? सो वास्तविक खर्चको स्वीकृत विवरणको प्रमाणित प्रतिलिपि तथा त्यस क्याम्पसमा सूचनाको हकसम्बन्धी ऐनको दफा (६) बमोजिम कसलाई सूचना अधिकारी तोकिएको छ? सूचना अधिकारीको नाम, पद, फाँट, सम्पर्क नम्बर र कोठा नं सहितको विवरणको प्रमाणित प्रतिलिपि माग गरेका छन् ।

प्रमुख दाहालले सूचनाको हक प्रत्याभूति भएको २५ वर्ष तथा सूचनाको हकसम्बन्धी ऐन आएको १० वर्ष हुँदासम्म पनि सूचनाको हकबारे जनता अझै अनभिज्ञ रहेकाले आफूले सूचना माग गरेको उल्लेख गरे । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply