2026-09-19 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्दिर पस्दा दलितलाई जरिवाना गराउने २ जना पक्राउ

माघ २४, रामेछाप । दलितले मन्दिरमा पुजा गरेको भन्दै ५ हजार जरिवाना तिराउने बेताली रामेछापका २ जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रामेछापले सोमबार बेताली गाविस वडा नम्बर ३ मा रहेको सेरकाली मन्दिरका पुजारी द्धोय छत्र बहादुर बुढाथोकी र भिम बहादुर बुढाथोकीलाई पक्राउ गरि सदरमुकाम मन्थली ल्याएको छ । माघ २२ गते शनिबार कृष्ण कुमार बिश्वकर्मा मन्दिरमा पुजा गर्न पसेपछि पुजारी छत्र बहादुर बुढाथोकी लगाएतका मानिसहरुले चोख्याउनु पर्छ भनि मन्दिरमा रुद्री लगाएपछि ५ हजार जरिवाना तिराएका थिए ।

अहिले घटनाको छानविन भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पिडकलाई कानुन अनुसार कार्वाहि हुने र त्यसका लागी मुद्दा जाहेरीको तयारी भैरहेको प्रहरीको भनाई छ । यता पक्राउ परेको दुईजना पुजारीले भने आफुहरुले अरुको आदेशमा यस्तो काम गरेको बताएका छन् । 

उनिहरुले आफुहरुलाई यस्तो कार्य गर्नका लागी उक्साउने अरुनै भएको बताएका छन् । मन्दिर जस्तो ठाउमा आफुमाथी अमानबिय ब्यवहार भएको भन्दै पिडित बिश्वकर्माले कानुन् अनुसार कार्वाहि गरि पाउँ भनि माघ २२ गते प्रहरीमा उजुरी दिएका थिए ।

यस्तै रामेछाप जिल्लाका दलित अधिकारकर्मीहरुले जिल्लामा यस्तो घटना हुन दुखद भएको प्रतिक्रिया दिएका छन् । उनिहरुले अहिलको २१ औ शताब्दीमा पनि यस्तो घटना हुनु मुलुकमा कानुनै नभएको जस्तो महसुस भएको बताए । उनिहरुले घटनामा मुछिएका पिडकलाई कार्वाहि र पिडितलाई न्याय दिलाउनका लागी आफुहरु लागीपर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तो छ कानुनी प्रावधान

जातीय विभेदलाई अहिलेको संविधानले दण्डनीय मानेको छ । जातीय विभेद र छुवाछूतजन्य अपराध गर्नेलाई कानुन तः दण्ड गर्ने थुप्रै दफा उपदफा थपिएको छ । जातीय विभेद वा छुवाछूत ९कसुर र सजाय० ऐन २०६८ बमोजिम जातीय छुवाछूत गर्ने वा गराउने व्यक्तिलाई तीन महिना देखि तीन वर्षसम्म कैद वा एकहजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ ।

नेपालको संबिधान २०७२ को धारा २४ ले छुवाछुत विरुद्दको हकलाई मौलिक खको रुपमा परिभाषित गरेको छ । सरकारले मुलकलाई छुवाछुत मुक्त राष्ट्र घोसणा गरेको दश बर्ष पुगेको छ । नयाँ संबिधानमा दलित हक भनि मौलिक हकको रुपमा धार्रा ४० र जातीय भेदभाव तथा छुवाछुत विरुद्दको हक भनि धारा २४ मा उल्लेख गरिएको छ । मुलुकी ऐन २०२० मा भएको संसोधनले सबै भन्दा पहिले छुवाछुत र जातीय भेदभावलाई निषेध गरेको थियो ।  – नवराज श्रेष्ठको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई