काम नलाग्ने विमान र भग्नावशेषको व्यवस्थापन गर्ने पहल

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

वैशाख २ काठमाडौँ | विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमानलाई यतिखेर काठमाडौँमा ‘एभिएसन म्युजियम’का रुपमा राखिएको छ ।

त्यस्तै, कस्मिक एयरको ग्राउण्डेड विमान कैलालीको धनगढीमा ‘एयरक्राफ्ट म्युजियम’ का रुपमा सञ्चालन भइरहेको छ । प्रजातन्त्र स्थापनाको अभियानका क्रममा नेपाली काँग्रेसले अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान विसं २०७० फागुन ४ गते अर्घाखाँचीमा दुर्घटना भयो ।

उक्त विमानको भग्नावशेषलाई पुनः विमानको स्वरुप दिएर हाल बिपी संग्रहालयमा प्रदर्शनीमा राखिएको छ । नेपालको ६८ वर्ष लामो हवाई सेवाको इतिहासमा अहिलेसम्म ८४ वटा विमान दुर्घटना भएका छन् ।

त्यसमध्ये आन्तरिक उडान गर्ने विमान ४६ र हेलिकप्टर ३१ वटा तथा अन्तर्राष्ट्रिय उडानका सात जहाज दुर्घटना भएका हुन् ।

हवाई क्षेत्रको विश्वव्यापी मान्यताअनुसार दुर्घटनामा परेका विमान व्यवस्थापनको सम्पूर्ण जिम्मा सम्बन्धित बीमा कम्पनीको हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उपमहानिर्देशक राजन पोखरेल बताउनुहुन्छ ।

सम्बन्धित बीमा कम्पनीले दुर्घटनामा परेको विमान कम्पनीलाई विमानको मूल्याँकन गरेर क्षतिपूर्ति तिर्छ ।

दुर्घटनामा परेको विमान सामान्य मर्मत गरी सञ्चालन हुने अवस्थामा भने सम्बन्धित विमान कम्पनीले लैजाने र अन्य अवस्थामा बीमा कम्पनीले नै जिम्मा लिने गरेका छन् । काम नलाग्ने पार्टपुर्जा कबाडीमा बेचिन्छ ।

दुर्घटनाका क्रममा अग्नि नियन्त्रणमा लिने वस्तु प्रयोग गरेका विमानका प्रायः कुनै पनि पार्टपूर्जा काम नलाग्ने यस क्षेत्रका विज्ञको भनाइ छ ।

कतिपय दुर्घटनामा परेका विमान भने सर्वसाधारणका हवाई सेवाका जिज्ञासा मेट्ने र घुम्ने नयाँ पर्यटकीय गन्तव्यका रुपमा समेत विकसित भएका उदाहरण पनि छन् ।

विमानका कुनै काम लाग्ने पार्टपूर्जा र इन्जिन सम्बन्धित विमान कम्पनीले लैजानुपरे बीमा कम्पनीको स्वीकृति अनिवार्य लिनुपर्ने प्रावधान रहेको क्यानका पूर्व महानिर्देशक राजेशराज दली बताउनुहुन्छ ।

विसं २०७४ फागुन २८ गते त्रिभुवन विमानस्थल परिसरमा दुर्घटना भएको युएस बंगला विमानको भग्नावशेष यतिखेर दुर्घटनास्थलमै अलपत्र अवस्थामा छ । दुर्घटनाको छानविन गर्न गठित समितिले आफ्नो छानविन प्रतिवेदन नबुझाएसम्म उक्त विमानको भग्नावशेष उठाउन नमिल्ने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरको भनाइ छ ।

तर विमानस्थलको काम कारवाही अवरुद्ध हुने गरी भएको दुर्घटनाका सम्बन्धमा भने यो नियम लागू हुँदैन । समितिले अवस्था हेरेर निर्णय गर्न सक्छ । विश्वमा हालसम्म भएका दुर्घटनामध्ये ८० प्रतिशत दुर्घटना उडान र अवतरणका क्रममा भएका यस क्षेत्रमा विज्ञको भनाइ छ ।

त्यस्तै, लामो समयदेखि विभिन्न स्थानमा बिग्रिएर थन्किएका पुराना विमान पनि विमानस्थलले हालै व्यवस्थापन गरेको जनाएको छ । नेपालमा हाल हेलिकप्टरसहित १८ वायु सेवा कम्पनीले सेवा प्रदान गरिरहेका छन् । अन्तर्राष्ट्रियतर्फ दुई स्वदेशीसहित ३० वायु सेवा कम्पनीले सेवा प्रदान गरिरहेको विमानस्थलले जनाएको छ ।

दुर्घटनाग्रस्त विमान पर्यटकीय गन्तव्य

विभिन्न समयमा दुर्घटनामा परेका विमानमा अधिकांशतः कबाडीमा बिक्री भएका छन् भने केही विमान पर्यटकका गन्तव्यसमेत बनेका छन् ।

दुर्घटनामा परेको टर्किस एयरको एयरबस–३३० लाई क्याप्टेन वेद उप्रेतीले एभिएसन म्युजियम बनाउनुभएको छ । काठमाडौँको सिनामंगलमा राखिएको उक्त एयरबसको ककपिटभित्र राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका मोडेल एयर क्राफ्ट र फिस्टेल एयरको हेलिकप्टर पनि राखिएको छ ।

धनगढीमा राखिएको कस्मिक एयरको विमान पनि हाल ‘एयरक्राफ्ट म्युजियम’ का रुपमा सञ्चालित छ । सर्वसाधारण ती म्युजियममा शुल्क तिरेर घुम्न जाने गरेका छन् ।

विसं २०३० जेठ २८ मा विराटनगरबाट नेपाल राष्ट्र बैंकको ३० लाख भारतीय रुपैयाँ बोकेर काठमाडौँ आउँदै गरेको तात्कालीन शाही नेपाल वायु सेवा निगमको विमान काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरण गरिएको थियो ।

नेपाली राजनीतिक क्रान्तिका अग्रणी व्यक्ति बिपी कोइरालासहितका नेताहरुले लामो समय जेल जीवन बिताएको सुन्दरीजलस्थित बिपी सङ्ग्र्रहालयमा जहाज राखिएको छ । संग्रहालय पनि ऐतिहासिक पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । दुर्घटनामा परेका तथा काम नलाग्ने भएका यस्ता विमानलाई स्याहार्ने र अवलोकनका लागि राख्ने प्रयास प्रशंसनीय छ । रासस

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply