२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्धको अस्तु धातु हेर्न हजारौँको भीड

२०७५, १७ बैशाख सोमबार १३:३४

वैशाख १७, काठमाडौँ | दुई हजार ५६२ औँ बुद्ध जयन्तीका अवसरमा बौद्ध घ्याङ गुठीले बौद्ध स्तुप परिसरमा बुद्धको अस्तु धातु प्रदर्शन गरेको छ । 

अस्तु धातु दर्शन गर्न हजारौं मानिसको भीड लागेको बुद्ध जयन्ती मूल समारोह समितिले जनाएको छ । यस अवसरमा गुठीले स्तुपमा विशेष पूजा पाठसमेत गरेको थियो । 

गुठीको संयोजकत्वमा बौद्धमा क्रियाशील संस्थाको सहभागितामा गठन गरिएको समितिले आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बुद्धका उपदेश पालना गरिए शान्ति स्थापनामा सहयोग मिल्ने बताउनुभयो । 

वार्ताका माध्यमबाट शान्ति कायम गर्न सकिने भएकाले हरेक समस्याको समाधान सहज रहेको उहाँको भनाइ छ । 

गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले गौतम बुद्ध जन्मिएको देशले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा सञ्चारकर्मी धन लामा, मूल समारोह समितिका अध्यक्ष आनन्द लामालगायत वक्ताले समाज र देशमा शान्तिको वातावरण कायम गर्न बुद्धका उपदेश सहयोगी हुने विचार व्यक्त गर्नुभयो । 

सो अवसरमा आज देशभरका बौद्ध बिहार, स्तुपमा विशेष कार्यक्रमको आयोजना गरी मनाइयो । 

नेपालको लुम्बिनीमा जन्मनुभएका बुद्धले विश्वमा शान्तिको सन्देश प्रवाहमा पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई एसियाका तारा उपाधिले सम्मानित गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो