<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–चीन परामर्श बैठक सम्पन्न

२०७५, २८ असार बिहीबार ०९:१२

असार २८, काठमाडौँ | नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भयो । 


बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्वको यातायात मन्त्रालयका उपसचिव लियु सियाओमिङले गर्नुभएको थियो । 

नेपाली प्रतिनिधिमण्डलमा उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अधिकारीहरु सम्मिलित हुनुहुन्थ्यो । चिनियाँ प्रतिनिधिमण्डलमा चीनको यातायात मन्त्रालय, वैदेशिक मामिला मन्त्रालय, सार्वजनिक सुरक्षा मन्त्रालय, जलयातायात ब्यूरो, भन्सार प्रशासन र राष्ट्रिय रेलमार्ग प्रशासनका अधिकारीहरु सम्मिलित हुनुहुन्थ्यो । 

सकेसम्म चाँडो उक्त प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिने विषयमा दुई पक्षबीच मैत्री र सौहार्दपूर्ण वातावारणमा रचनात्मक छलफल भएको र तेस्रो परामर्श बैठक शीघ्र काठमाडौँ गर्ने सहमति बनेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । 

बैठकअघि नेपाली प्रतिनिधिमण्डललाई तियानजिन बन्दरगाहको भ्रमण गराइएको थियो त्यहाँका अधिकारीहरुले नेपाली टोलीलाई बन्दरगाह संरचनाबारे जानकारी दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते