धुर्मस–सुन्तलीको कार्यक्रमस्थलबाटै एनआरएन युएईका अध्यक्ष पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

बैशाख १४, युएई – गैरआवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ युएईबाट पक्राउ परेका छन् ।

शुक्रबार दुबईमा आयोजित धुर्मुस सुन्तली साँझकाे कार्यक्रम स्थलबाटै प्रहरीले श्रेष्ठलाई स्थानीय प्रहरीले दुबईबाट पक्राउ गरेको हो ।

चितवन समाज युएईको संयोजनमा युएईमा विभिन्न संघ संस्थाद्वारा आयोजित कार्यक्रमको अतिथिको रुपमा उपस्थित रहेका श्रेष्ठलाई  सेक्युरेटीले बाहिर बोलाएर प्रहरीको प्रहरीको जिम्मा लगाएका थिए।

कार्यक्रम आयोजक संस्था चितवन समाज यूएईका अध्यक्ष पर्शुराम घिमिरेले श्रेष्ठ पक्राउ परेको बारे आज विहान मात्रै जानकारी पाएको बताए।

श्रेष्ठ पक्राउ परे लगत्तै युएईका नेपाली व्यवसायी शंकर श्रेष्ठले रमेश श्रेष्ठविरुद्ध आफूले उजुरी दिएको फोन मार्फत बताएका छन्।

व्यवसायिक लेनदेनमा आफूले पाउनुपर्ने रकम नपाएपछि श्रेष्ठविरुद्ध स्थानीय प्रशासन मार्फत अदालतमा मुद्दा दायर गरेको उनले बताए। आफूले  पाउनु पर्ने ६० हजार दिर्हाम नदिएकाले उनीविरुद्द उजुरी दिएको शंकरको भनाइ छ ।

व्यवसायिक साझेदारी गरिरहेका शंकर र रमेश श्रेष्ठबीच लामो समयदेखि लेनदेन विषयमा विवाद थियो ।  युएईमा रहेर व्यवसाय गर्दै आएका एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ  ‘जिसिडी ह्युमन रिसोर्स एन्ड म्यानेजमेन्ट कन्सल्टेसीका प्रबन्धक निर्देशक हुन्।

दुबै जनाले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply