Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
• अर्थ/विकास
• राजनीति
• समाज
• विश्व
• खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• अर्थ/विकास
• विश्व
• सूचना प्रबिधि
Search
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आजैदेखि लागुहुने गरि एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर, यसरि सुचारु गर्नुस
काठमाडौँ - KTMसमाज

आजैदेखि लागुहुने गरि एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर, यसरि सुचारु गर्नुस

साझासवाल
Last updated: April 29, 2019 5:46 am
By
साझासवाल
Share
2 Min Read
SHARE

बैशाख १६, काठमाडौं ।  कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले ग्राहकले रुचाएको अफर ‘कल आयो पैसा पायो’ लाई यो वर्ष पनि निरन्तरता दिएको छ। ग्राहकले यस योजनाअन्तर्गत  विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सोभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट दुई रुपैयाँ बोनस प्राप्त गर्नेछन्। यो अफर सोमबारबाट लागू भई तीन महिनासम्म जारी रहनेछ।

एनसेलका ग्राहकले विदेशबाट आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि १० मिनेटसम्म प्रत्येक मिनेटको दुई रुपैयाँको दरले बोनस पाउनेछन्। यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले १८ रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन्।

कम्पनीले यसरी प्राप्त बोनस सात दिनका लागि मान्य हुने जनाएको छ। कम्पनीका अनुसार ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सक्छन्। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन्। ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्नेछन्। बोनसका साथै अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन्।

कम्पनीका अनुसार परिवारका सदस्य, आफन्त र साथीभाइ विदेशमा रहेका र उनीहरूसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहकका लागि थप मुल्य प्रदान गर्दै यो आकर्षक योजना ल्याएको हो।

प्रत्येक हप्ता १० ग्राहकले योजना अवधिभर १/१ थान स्मार्टफोन पाउनेछन्। एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समयअनुसार विजेताको छनोट गरिने कम्पनीले जनाएको छ।

Share This Article
Email Copy Link Print
Previous Article आज मलेसिया, दुबई, कतार कोरिया लगाएत विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस
Next Article राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण
Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

© Sajha Sabal Media - 2026. All Rights Reserved.