असार २, झापा । काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर १२ जना युवतीलाई छापाको विर्तामोड पुर्याइन् ।

मासिक ५० हजारसम्म कमाउने युवनीहरु ती महिलाको साथमा धेरै कमाउने महन्वाकांक्षाले बिर्तामोड पुगे । तर त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाओस् परिवारसँग फोनसमेत गर्न पाएनन् ।

होटलको सरसफाई गरेरै मासिक खानबस्न र १० हजार भन्दा बढी कमाइ हुन्छ भनेर लगिएका उनीहरुले यौन व्यवसायका लागि फसाइएको बिर्तामोड पुगेपछि मात्रै थाहा पाए ।

होटल मालिकको हातमा परेपछि पैसा पाउनु त परै जाओस् दुई महिनासम्म दुई छान खाना पनि नपाएको पीडित युवतीले बताएकी छिन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राधा खनालले लेखेकी छिन् ।

बन्धक बनाएर यौन धन्दा
Leave a Comment