सोमालिया होटल आक्रमण, २६ को मृत्यु

साझासवाल

असार २८,  (रासस÷एएफपी)  । सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घटनामा परी अरु ५६ जना घाइते भएका छन् ।

देशको दक्षिणी क्षेत्रमा रहेको चर्चित तथा लोकप्रिय होटलमा भएको  यो आक्रमणको अल सबाबका लडाकूहरुले गरेको दाबी गरिएको छ ।

मृत्यु भएका मध्ये तीन केन्याली, एक  क्यानाडाली, एक बेलायती, दुई  अमेरिकी र तीन  तान्जानीयाली नागरिक  रहेका अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी दुई जना पत्रकारको पनि मृत्यु भएको पत्रकार सम्वन्धी संगठनले पुष्टि गरेको छ ।

त्यसैगरी घाइते भएका मध्ये दुई जना चिनियाँ नागरिक रहेका क्षेत्रीय अध्यक्ष अहमद मोहमद इस्लामले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

आक्रमणमा चार जना संलग्न भएको अधिकारीहरुले बताएका छन् । विस्फोटन धेरै ठूलो भएको प्रत्यक्षदर्शीको भनाई छ ।

Leave a Comment

Leave a Reply