घटना १

भदौ २६, काठमाडौं । गत माघ (जनवरी २३) मा भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता उवान गुवाइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा आलोचना गरे । गुवाइडोका पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा दाहालले विज्ञप्तिसमेत जारी गरे ।

घटना २

साउन दोस्रो साता क्युवाली प्रतिनिधिको समेत उपस्थितिमा काठमाडौँमा आयोजना गरिएको क्युवाप्रति ऐक्यबद्धतासम्बन्धी नवौँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा दाहालले अमेरिकी प्रतिबन्धविरुद्धको क्युवाली संघर्षमा ऐक्यबद्धता जनाए ।

राजनीतिक विश्लेषक विष्णु सापकोटा दाहालले एकपछि अर्के गर्दै अमेरिकालाई चिढ्याउने अभिव्यक्ति दिनुलाई ‘सरप्राइज’ भन्छन् । यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल ?
Leave a Comment