Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग

२०७६, २८ माघ मंगलवार ०७:२४

माघ २८, (रासस/सिन्ह्वा) । चीनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूह ग्रुप ७७ ले सहयोग गर्ने जनाएको छ । 

संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमबार सो जानकारी दिनुभयो । उहाँले गु्रप७७ का सदस्य राष्ट्रहरुले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताउनुभएको हो । 

त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिएको छ । यसअघि संयुक्तराज्य अमेरिकाले पनि चीनलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको थियो ।

संयुक्त राष्ट्रसंघले चीनले हाल कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि गरेका प्रयासहरुको सराहना पनि गरेको छ । हालसम्म चीनले गरेका प्रयासको सराहना गर्दै चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने उसले जनाएको छ ।    

चीनले यस भाइरसको सङ्क्रमण रोक्न हालसम्म चालीस हजार सामुदायिक कार्यकर्तालाई अग्रपङ्क्तिमा परिचालन गरिएको जनाएको छ ।

चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरुले सोमबार जानकारी दिएका थिए । 

नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् । 

पत्रकार सम्मेलनमा उहाँले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको पनि जानकारी दिनुभयो । 

आर्थिक तथा सामाजिक क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ जेनमिनले यस सङ्क्रमण नियन्त्रणका लागि चीनले गरेका कार्यहरुका बारेमा संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सी तथा महत्वपूर्ण मञ्चहरुमा छलफल जारी रहेको जानकारी दिनुभयो । 

ती सबै मञ्चहरुमा उपस्थित भएका जि७७ तथा संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधि तथा प्रमुखहरुले चीनको सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले जि७७ का सबै राष्ट्रले चीनलाई आवश्यक पर्ने सहयोगका लागि तत्परता नै देखाएको जानकारी उहाँले दिनुभयो । 

उनीहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा लाग्नुपर्ने मुख्य कार्यहरुको पहिचान गरेर चीनमै पुगेर र आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताएको उहाँको भनाई थियो । 

हाल चीनले यो सङ्क्रमणका विरुद्धमा निकै नै कडा मेहनेत गरेर काम गरिरहेको बताइएको छ । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट .१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।  भाइरसको सुरुआत भएको प्रमुख स्थानको रूपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट दुई हजार ६१८ जना सङ्क्रमित भएका अधिकारीहरुले जनाएका छन् । यो सङ्क्रमण उक्त प्रान्त बाहिर एवं अन्य देशमा समेत देखापरिरहेका समाचारहरु प्राप्त भइरहेका छन् । 

यस सङ्क्रमणबाट सोमबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली