चैत ८, काठमाडौँ | कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् । उक्त अडियो मानिसहरुले च्याट मार्फत व्यक्ति/व्यक्तिलाई पठाएका छन् । जसको कारण उक्त भिडियो भाइरल बनेको छ । भाइरल भईरहेको अडियोमा नर्भिक हस्पिटल र टिचङ अस्पतालमा केहि व्यक्तिलाई कोरोना भाइरस भेटिएको कुरा सरकार र मिडियाले लुकाएको भनिएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले भने, ‘प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको बारेमा अनुसन्धान सुरु भएको छ ।’ उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिएका छन् ।

सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

यसअघि मलेसियामा कोरोना सम्बन्धी भ्रम फैलाएको आरोपमा एक व्यक्तिलाई एक वर्ष जेल सजाय तोकिएको थियो ।

के हुन सक्छ भ्रम छर्नेलाई कारवाही ?

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

कुनै पनि सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत भाइरसबारे भ्रम फैलाउने जोकोहीलाई विद्यमान कानून अनुसार कारबाही गर्ने निर्णय समितिले निर्णयमा उल्लेख छ ।

सामाजिक संजालको दुरुपयोग गरी बिद्युतिय स्वरुपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई बिद्युतिय कारोवार ऐन, २०६३ अनुसार दुई लाख रुपैयासम्म जरिवाना वा पाँच बर्ष कैद वा दुवै सजाँय हुने उल्लेख छ ।

कोरोनाबारे भाइरल बनेको अडियो प्रहरीको अनुसन्धानमा तानियो
Leave a Comment