कोरोनाबाट बिहारमा पहिलो मृत्यु, गम्भीर लापरवाही भएको भन्दै आलोचना

साझासवाल

चैत १०, काठमाडौँ (एजेन्सीको सहयोगमा) | नेपालको सिमानासँग जोडिएको भारतको बिहार राज्यमा आइतबार बिहानसम्म आधिकारिक रुपमा कोरोना भाइरसको संक्रमणका एकजना पनि बिरामी थिएनन् । तर आइतबार दिउँसो अचानक भारतमा कोरोनाका कारण भएको छैटौं मृत्यु बिहारको राजधानी पटनाबाट थियो भन्ने खबर आयो ।

कतारबाट फर्किएका व्यक्तिको बिहारमा मृत्यु भएको हो । २० मार्चमा उनलाई संदिग्धको रुपमा पटनाको एम्समा भर्ना गरिएको थियो र उनको मृत्यु भएपछि शव आफन्तलाई सुम्पिइएको थियो ।

पटना एम्सका प्रबन्ध निर्देशक प्रभात कुमारले बीबीसीसँगको कुराकानीमा भने, ‘बिरामीमा कोरोनाको लक्षण पाइएको थियो त्यसकारण उनलाई आइसोलेशनमा राखेर उपचार भइरहेको थियो । शनिबार बिहान उनको निधन भयो । हाम्रो परीक्षणमा उनलाई मृगौलासम्बन्धि समस्या भएको पाएका थियौं । तर कोरोनाको अनुसन्धान रिपोर्ट आइतबार बिहान मात्रै आएको हो जसमा त्यो पोजिटिव छ ।’

कोरोनाका संदिग्ध बिरामी सैफको शवलाई एम्स पटनाको रेकर्ड अनुसार शनिबार दिउँसो नै उनको परिवारलाई सुम्पिइएको थियो । अस्पतालको डेथ रिपोर्टमा मृत्युको कारण मृगौला फेल भएको बताइएको छ । तर एम्स अस्पतालले यसो गरेको भन्दै प्रश्न उठ्न थालेको  किनभने शवको विषयमा केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको तर्फबाट गाइडलाइन जारी गरिएको छ, यसमा कुनै पनि गाइडलाइन पालना गरिएको छैन ।

गाइडलाइन्सका अनुसार शवलाई आइसोलेशनबाट हटाएदेखि अन्तिम संस्कारसम्मको सबै प्रक्रिया विशेष सावधानीपूर्वक गर्नुपर्छ । उदाहरणका लागि सबै  प्रक्रिया मास्क, पञ्जा, आँखाका लागि विशेष चश्मा लगाएर मात्रै गर्नुपर्छ । अन्तिम संस्कारका बेलासम्म शवलाई एक विशेष प्रकारको ब्यागमा नै राख्नुपर्छ । परिवारलाई अन्तिम पटक देखाउनका लागि ब्यागको थोरै चेन खोलेर अनुहार मात्रै देखाउनुपर्छ । तर त्यस्तो केहि गरिएन ।

आफन्तले घरमा लगेको शव आइतबार बिहान गाड्ने योजना थियो तर त्यसअघि नै कोरोनाको परीक्षण सकारात्मक आएको थियो । त्यतिबेलादेखि शहरमा डर र आतङ्कको स्थिती पैदा सुरु भएको छ ।

Leave a Comment

Leave a Reply