Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विष्णुमाथि प्रचण्ड पड्किएपछि…

२०७७, २१ श्रावण बुधबार ०३:००

साउन २१, काठमाडौं ।‘मलाई अचम्मचाहिँ के लाग्न थाल्यो भने, तपाईंहरूजत्तिको नेता भनिएका मान्छे नेता नभएर दासजस्तो किन हुनुभा’छ ?ः’

शुरुमै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अरु दिनभन्दा फरक किसिमले यसरी भएपछि पहिला शंकर पोखरेलले जवाफ दिए, ‘यो डेडलक खुलाउने सन्दर्भका विषयहरूलाई जे–जसरी अर्थ लगाए पनि आखिरमा हामीले चाहेको, तपाईंले चाहेको कुरा एउटै न हो, निकास…!’

अनि, प्रचण्डले महासचिव विष्णु पौडेलतिर हेरेर भने, ‘तपाईं त पार्टीको महासचिव हो नि ! महासचिवको जस्तो भूमिकामा आउनुप¥यो ।’

यसरी पार्टीका एउटा अध्यक्षको सन्देशवाहक भएर पुगेका जिम्मेवार नेताहरूलाई अर्का अध्यक्षले त्यस्तो संज्ञा दिएपछि शनिबारको खुमलटार भेटघाटमा केही असहजता देखियो । यस्तो हुनुको कारण थियो, प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको सन्देश लिएर पुगेका नेताहरूले एकोहोरो उतैको कुरामात्र सुनाउनु र त्यसैलाई मानिदिनुपर्ने प्रस्ताव दोहो¥याइरहनु । यस्तो भएपछि प्रचण्डले ‘पार्टी नेताले त पार्टी मिलाउने गरी पो कुरा गर्नुपर्छ, कुरा यस्तो छ, यसमा मानिदिनुस् भन्ने पनि कुनै प्रस्ताव हुन्छ ?’ भन्दै असन्तुष्टि पोखेका थिए ।   

खासमा विष्णु पौडेल, शंकर पोखरेल र जनार्दन शर्माहरू दुई सातादेखि अवरुद्ध दुई अध्यक्षबीचको संवाद सुचारु हुनुपर्ने ध्येयसहित त्यहाँ पुगेका थिए । प्रचण्डले शुरुमै भने, ‘निकास निकाल्ने हो भने वार्ता गरौँ ।’ अनि, थपे, ‘केपीजीमा हामीले सोचेकोभन्दा बढी र अचम्मखालको अहं देखियो । यस्तो अहंले पार्टी र मुलुकलाई क्षति गर्नेबाहेक अर्को निकास दिँदैन ।’

त्यसपछि आइतबार र सोमबार पूर्व एमाले अध्यक्ष झलनाथ खनालको उपस्थितिबीच कुराकानी त चले । तर, निकास भने निस्किएन । बरु, दुबैतिर आ–आफ्नो ढंगका कुराकानी चलिरहेका छन् । विष्णु र शंकरले शनिबार ‘मंसिरमा महाधिवेशन गरौँ, तपाईं त्यही महाधिवेशनबाट अनुमोदित अध्यक्ष बन्ने’ भनी बालुवाटारको सन्देश राखेका थिए ।

तर, यति कुरा राखेर विष्णु र शंकरले सुनाए, ‘उहाँ (ओली) चाहिँ वार्ता गर्दिनँ, मेरो कुरा यही हो, यसमा मानेर जाऔँ भन्नुहुन्छ ।’ यसपछि हो, ‘दास’ भन्दै प्रचण्ड पड्किएका ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ