साउन २५, काठमाडौं । नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।

काठमाडौंमा ९० जना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९० र ललितपुरमा २ जना देखिएका छन् ।

आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५ पुगेको छ ।

थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा कति ?
Leave a Comment