आज उपत्यकामा २१६ सहित कुल संक्रमितको संख्या ६३४ जना

साझासवाल

भदौ ६, काठमाडौँ | आज ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्य उपत्यकामा संक्रमितको संख्या २१६ जना रहेका छन् । हालसम्म कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

उपत्यकामा काठमाडौँका १६० जना, ललितपुरमा ६ जना र भक्तपुरमा ५० जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजात ५१९ स्वाब परीक्षण भएको थियो ।

मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । यस्तै निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ ।

यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । योसँगै मृतकको संख्या १४६ पुगेको हो ।

Leave a Comment

Leave a Reply