भदौ ११, काठमाडौँ | स्कटल्याण्ड स्वास्थ्य सेवाले लुमिराडिएक्स नामको एक कम्पनीसँग सम्झौता गरेसंगै अब विशेष प्रकारको टेस्टिङ किट प्रयोग गरेर कोरोनाभाइरसको परीक्षणको नतिजा १२ मिनेटभित्र प्राप्त गर्न सकिने बताइएको छ ।

यसका लागि सरकारले ३०० र्यापिड टेस्टिङ मसिन र पाँच लाख टेस्टमा ६७ लाख पाउन्ड खर्च गर्दैछ ।

स्वास्थ्य उपकरण बनाउने कम्पनी लुमिराडिएक्सले यो सम्झौता अनुरुप स्टरलिङमा रहेको आफ्नो कारखानाा विशेष परीक्षण स्ट्रिप बनाउनेछ ।

यो कोरोना परीक्षणमा प्रयोग हुने मेसिन निकै सजिलै एक स्थानबाट अर्को स्थानमा लैजान सकिन्छ र सानो क्लिनिक र मोबाइल अस्पतालमा प्रयोग गर्न सकिन्छ ।

कोभिड–१९ रोग फैलाउन जिम्मेवार SARS-CoV-2 भाइरसको परीक्षणको मान्यता अमरिकी फेडलर ड्रग एडमिनिस्ट्रेशनले निश्चित गर्छ र हाल स्कटल्याण्ड र युरोपका लागि यो अन्तिम चरणमा छ ।

स्कटल्याण्ड सरकारमा मन्त्री इवान म्याक्की भन्छन्, ‘लुमिराडिएक्ससँग जुन सम्झौता भएको छ त्यस अनुरुप हाम्रो स्वास्थ्य सेवा एजेन्सीका लागि १२ मिनेटमा हुने कोरोना टेस्टिङको सामान दिनेछ । भाइरसविरुद्धको युद्धमा यो महत्वपूर्ण छ ।’

‘यने टेस्टमा विशेष प्रकारको टेस्टिङ डिभाइसमा विशेष प्रकारको स्ट्रिपको प्रयोग हुनेछ जुन स्कटल्याण्डमा नै बन्नेछ । यसले यहाँ मानिसहरुका लागि रोजगारको मौका बन्नेछ र यसका साथै हाम्रो उद्योग पनि बलियो हुनेछ ।

यो परीक्षणमा नाकबाट लिइएको स्वाबको परीक्षण कोभिड–१९ एन्टिजन प्रोटिनका लागि गरिनेछ । परीक्षण्को नतिजा १२ मिनेटमा नै आउनेछ ।

अन्य र्यापिड एन्टीजनको तुलनामा यसको नतिजा चाँडै आउने अनुमान गरिएको छ । यो टेस्टिङ डिभाइस क्लाउन्ड सिस्टमसँग जोडिएको हुनेछ ताकि स्वास्थ्य अधिकारी भाइरसको विस्तारबारे चाँडै नै जानकारी प्राप्त गर्न सक्नेछन् ।

लुमिराडिएक्सका मुख्य कार्यकारी रान ज्वानगिजगरले भने, ‘यसको नतिजा छिटो मात्र हुने छैन यसको नतिजा पनि सटिक हुनेछ र यसको आधारमा बिरामीको उपचार चाँडै नै हुन सक्नेछ ।’

स्रोतः बीबीसी

अब १२ मिनेटभित्र आउनेछ कोरोना परीक्षणको नतिजा
Leave a Comment